Header Menu
Navigation Menu
Sub Navigation Menu Estate Locator
Input search character
Find on a map
Main Content
Content in Other Languages

अन्य भाषाहरूमा विषयवस्तु

Information Available in Nepali
The Nepali version of the Hong Kong Housing Authority / Housing Department Website contains selected essential information only. You can access the full content of our website in English, Traditional Chinese or Simplified Chinese.

नेपालीमा उपलब्ध जानकारी
हङकङ आवास प्राधिकरण / आवास विभाग वेबसाइटको नेपाली संग्रहमा केवल उत्कृष्ट अत्यावश्यक जानकारी शामिल गरिएको छ। तपाईले हाम्रो वेबसाइटको पूर्ण संग्रह अंग्रेजी, परम्परागत चिनियामा वा सरलीकरण चिनियामा पाउनु सक्नु हुनेछ।

सार्वजनिक भाडाको आवासको आवेदकहरूका लागि जानकारी
सार्वजनिक भाडाको आवासको योग्य हुनुको लागि, एउटा व्यक्तिले केही मापदण्ड पूरा गर्नु पर्दछ। योग्य आवेदकहरूलाई प्रतीक्षा सूचीमा राखिनेछ र उनीहरूको सम्बन्धित प्राथमिकता अनुसार फ्लैटको प्रस्ताव राखिन्छ।

वृस्तृत विवरणको लागि, कृपया मुनिको लिंकमा क्लिक गर्नुहोस्
सार्वजनिक भाडाको आवासको लागि निवेदन (PDF)

सार्वजनिक आवासको भाडादारहरूको लागि जानकारी
1. एस्टेट प्रबंधन प्रवर्तनको लागि चिन्हित योजना
पर्यावरणीय स्वच्छतामा सुधार गर्नुको लागि अनि हाम्रो सार्वजनिक आवास एस्टेटहरूको प्रबंधनमा वृद्धिको लागि, हामीले एउटा चिन्हित योजना लागू गरेका छौं। खास गरेर उल्लेख गरिएको दुष्कर्म गर्ने भाडादारहरूलाई जरिवाना अंकहरू दिइनेछ। जब दुई वर्ष भित्रमा 16 अंकहरू जम्मा हुन्छ, भाडादारी अन्त्य गर्नुको लागि भाडादार जवाफदेही हुनेछ।

वृस्तृत विवरणको लागि, कृपया मुनिको लिंकमा क्लिक गर्नुहोस्
एस्टेट प्रबंधन प्रवर्तनको लागि चिन्हित योजना (PDF)

2. भाडा सहायता योजना
हाम्रो भाडा सहायता योजनाको उदेश्य अस्थायी आर्थिक समस्याहरू सामना गरिरहेका सार्वजनिक भाडाको आवासको भाडादारहरूलाई सहायता गर्नु हो। योग्य परिवारहरूलाई उनीहरूको आर्थिक परिस्थितिहरू माथि निर्भर गरेर भाडामा 25% वा 50% कमी दिइनेछ।

वृस्तृत विवरणको लागि, कृपया मुनिको लिंकमा क्लिक गर्नुहोस्
भाडा सहायता योजना (PDF)

3. घरेलू परिवर्तनहरू
भाडादारहरूको घर विवरणमा कुनै पनि परिवर्तन भएमा भाडादारहरूले तुरुन्तै आवास विभागलाई सूचित गराई हाल्नु पर्दछ अनि नियमहरू र प्रक्रियाहरू अनुसार घरेलु परिवर्तन सम्बन्धित आवेदन बनाई हाल्नु पर्दछ।

विवरणहरूका लागि, कृपया मुनिको लिंकमा क्लिक गर्नुहोस्
परिवारको सदस्यहरूको वृद्धिमा संक्षिप्त ज्ञापन (PDF)
परिवारको सदस्यहरू हटाउनुमा संक्षिप्त ज्ञापन (PDF)

आवास अधिकार (HA) लाई सार्वजनिक आवास सेवाहरूसित सम्बन्धित सोधपूछ, दोषारोपन अथवा सहयोग माग्न पर्दा जो अल्पसंख्यक जातीयहरूलाई दोभाषे सहयोग चाहिन्छ, तिनीहरूले:

अल्पसंख्यक जातीयहरूकोलागि केन्द्र (CHEER) (CHEERको URL: www.hkcs.org/gcb/cheer/cheer-e.html), द्वारा संचालित टेलिफोन दोभाषे सेवा (TELIS) हॉटलाइनमा फोन गर्न सक्नेछन्, जसले फोन मार्फत निशुल्क दोभाषे सेवा उपलब्ध गराउँछ, तथा दोभाषेलाई HA हॉटलाइन 2712 2712 (दिनहुँ बिहान 8:30 देखि बेलुकी 7:00 बजे सम्म) मा कांफेरेंस काल् गर्नु भनी अनुरोध गर्नु सक्नेछन्। निम्नलिखित CHEER को हॉटलाइन नंबरहरू हो:

TELIS हॉटलाइन नंबर: 3755 6811; भाषा: 1 बाहासा इन्डोनेसिया, 2 तागालोग, 3 थाई. TELIS हॉटलाइन नंबर: 3755 6822; भाषा: 1 हिन्दी, 2 नेपाली. TELIS हॉटलाइन नंबर: 3755 6833; भाषा: 1 पन्जाबी, 2 उर्दू.

Other Menu
Other Menu: Hotline
Housing Authority Hotline: 2712 2712 Services in English, Cantonese and Putonghua
नेपालीमा दोभाषे सहयोगको लागि: 3755 6822, 2 थिच्नुहोस्
Footer Site Map