頁首選項單
跳至主要內容
導覽選項單
次要導覽選項單  尋找屋?
搜尋
主要內容
其他語文內容
अन्य भाषाहरूमा विषयवस्तु

以尼泊爾文提供的資訊
香港房屋委員會/房屋署網站的尼泊爾文版本只選取部分重要資訊。要
查閱我們網站的全部資訊,可瀏覽英文版、繁體中文版或簡體中文版。

नेपालीमा उपलब्ध जानकारी
हङकङ आवास प्राधिकरण/आवास विभागको (हिन्दी/नेपाली/उर्दु/बाहासा इन्डोनेशिया/तागालोग/थाई) अनुवाद गरेको वेबसाइटमा केहि आवश्यक जानकारी मात्र समावेश गरिएको छ ।तपाईले सम्पूर्ण जानकारी हाम्रो वेबसाइटको अंग्रेजी,परम्परागत चिनिँया भाषा वा सरल चिनिँया भाषामा हेर्न सक्नुहुन्छ ।

सार्वजनिक भाडाको आवासको आवेदकहरुका लागि जानकारी
सार्वजनिक भाडाको आवासको लागि योग्य हुनको लागि,एक व्यक्तिले सामान्य योग्यताको मापदण्ड पूरा गर्नुपर्दछ ।सार्वजनिक भाडाको आवासको निवेदन सफलतापूर्ण दर्ता भएपछि, योग्य आवेदकहरुलाई दर्ताको क्रम वा कोटा वा अंक प्रणाली अन्तर्गत उनीहरुले प्राप्त गरेको अंक अनुसार फ्लाट प्रस्तावित गरिन्छ ।

विवरणहरुको लागि, कृपया तलको लिंकमा क्लिक गर्नुहोस् ।
सार्वजनिक भाडाको आवासको लागि निवेदन (PDF)
पूरा भरिएको आवेदन फारमको नमूना (PDF)

सार्वजनिक आवासको भाडादारहरुको लागि जानकारी
1. एस्टेट व्यवस्थापन प्रवर्तनको लागि चिन्हित योजना
पर्यावरणीय स्वच्छता सुधार गर्न रसार्वजनिक आवास एस्टेटहरुको व्यवस्थापनलाई बढाउनको निम्ति, हामीले एउटा चिन्हित योजनाको कार्यान्वयन गरेका छौ ।निर्दिष्ट दुर्व्यवहार गर्ने भाडादारहरुलाई जरिवाना अंकहरु दिइनेछ ।जब दुई वर्ष भित्रमा16 अंकहरु जम्मा हुन्छ ,भाडादारी अन्त गर्नको लागि भाडादार उत्तरदायी हुनेछ ।

विवरणहरुको लागि, कृपया तलको लिंकमा क्लिक गर्नुहोस् ।
एस्टेट व्यवस्थापन प्रवर्तनको लागि चिन्हित योजना (PDF)

2. भाडा सहयोग योजना
हाम्रो भाडा सहयोग योजनाको उद्देश्य भनेको अस्थायी वित्तीय कठिनाइहरुको सामना गरिरहेका सार्वजनिक भाडा आवासमा बसेका भाडादारहरुलाई सहयोग पुराउन हो । परिवारहरुको आर्थिक अवस्था हेरेर योग्य परिवारलाई भाडामा 25% वा 50% छूट दिईनेछ ।

विवरणहरुको लागि, कृपया तलको लिंकमा क्लिक गर्नुहोस् ।
भाडा सहायता योजना (PDF)

3.घरपरिवारको कुनै विवरणहरु परिवर्तन भएमा
घरायसी विवरणमा कुनै पनि परिवर्तन भएमा भाडादारहरुले आवास विभागलाई तुरुन्तै जानकारी गराउनु पर्छ र नियम र प्रक्रिया अनुसार परिर्वतन गरिएको सम्बन्धित पारिवारिक विवरणको आवेदन दिनु पर्दछ ।

विवरणहरुको लागि, कृपया तलको लिंकमा ।
परिवारको सदस्य थप गरेको बारे संक्षिप्त नोटहरु (PDF)
परिवारको सदस्यहरू हटाउनुमा संक्षिप्त ज्ञापन (PDF)

4. आय र सम्पत्ति घोषणापत्र
10 वर्ष देखि सार्वजनिक भाडाको आवसमा बसिरहेका परिवारले प्रत्येक दुई वर्षमा “धनाढय भाडादारहरुका लागि नीतिहरू”अनुसार घोषणा-पत्र बुझाउनु जरुरी हुन्छ । उनीहरुको बसाईको समय जति भए तापनि, नँया भाडादारको स्वीकृतिको निति अनुसार घरको नँया सम्झैता पाएका परिवारले र भाडादार व्यवस्थापनको निति अनुसार सार्वजनिक आवासको स्वीकृति पाएका परिवारले पनि सो पत्र बुझाउनु आवश्यक हुन्छ ।

विवरणहरुको लागि, कृपया तलको लिंकमा क्लिक गर्नुहोस्
धनाढय भाडादारहरुका लागि नीतिहरू (PDF)

अल्पसंख्यक जातीयहरु जसलाई आवास प्राधिकरण(HA) मा उजुरी गर्न वा सार्वजनिक आवास सेवाहरू सम्बन्धित विषयमा सोधपूछ गर्नको लागि दोभाषेको सहयोग चाहिएमा:

उनीहरुले अल्पसंख्यक जातीयहरुको केन्द्र(CHEER)द्वारा संचालित टेलिफोन दोभाषे सेवाको हटलाईनमा(TELIS) फोन गर्न सक्दछ (CHEER's URL: www.hkcs.org/gcb/cheer/cheer-e.html), जहाँ फोन माफर्त नि:शुल्क व्याख्या सेवा उपलब्ध गरिन्छ र दोभाषेलाई HAको 2712 2712 हटलाईनमा क्नफरेन्स कल गर्नको लागि अनुरोध गर्न सक्नु हुनेछ । CHEER को हटलाईन नम्बरहरू यस प्रकार छन्:

TELIS हॉटलाइन नंबर: 3755 6811; भाषा: 1 बाहासा इन्डोनेसिया, 2 तागालोग, 3 थाई. TELIS हॉटलाइन नंबर: 3755 6822; भाषा: 1 हिन्दी, 2 नेपाली. TELIS हॉटलाइन नंबर: 3755 6833; भाषा: 1 पन्जाबी, 2 उर्दू.

頁尾網頁指南