अन्य भाषाहरूमा विषयवस्तु

以尼泊尔文提供的资讯
香港房屋委员会/房屋署网站的尼泊尔文版本只选取部分重要资讯。要查阅我们网站的全部资讯,可浏览英文版、繁体中文版或简体中文版。
नेपालीमा उपलब्ध जानकारी
हङकङ आवास प्राधिकरण/आवास विभागको (हिन्दी/ नेपाली/उर्दू/ बाहासा इन्डोनेशिया/ तागालोग/थाई/पन्जाबी/ भियतनामी) संस्करणको वेबसाइटमा केहि आवश्यक जानकारी मात्र समावेश गरिएको छ । तपाईले सम्पूर्ण जानकारी हाम्रो वेबसाइटको अंग्रेजी, परम्परागत चिनियाँ भाषा वा सरल चिनियाँ भाषामा हेर्न सक्नुहुन्छ ।
सार्वजनिक भाडा आवास (PRH) को आवेदकहरुका लागि जानकारी
PRH को लागि योग्य हुन, आवेदकले सामान्य योग्यताको मापदण्ड पूरा गर्नुपर्दछ । PRH को आवेदन सफलतापूर्ण दर्ता भएपछि, र उ/उनी विस्तृत परीक्षण पास गरेको प्रमाणित गरिएमा, योग्य आवेदकहरुलाई आवेदन दर्ता मिति वा G-नम्बरसँगै लेखिएको मिति (यदि कुनै भएमा) अनुसार वा कोटा र अंक प्रणाली अन्तर्गत उनीहरुले प्राप्त गरेको अंक अनुसार फ्लाट प्रस्तावित गरिन्छ ।
विवरणको लागि, कृपया तलको लिंकमा क्लिक गर्नुहोस् ।
सार्वजनिक भाडा आवासको लागि निवेदन (PDF)
पूर्ण भरिएको PRH आवेदन फारमको नमूना (PDF)
सार्वजनिक आवासको भाडादारहरुको लागि जानकारी
1. एस्टेट व्यवस्थापन प्रवर्तनको लागि अंक योजना
पर्यावरणीय स्वच्छता सुधार गर्न र सार्वजनिक आवास एस्टेटहरुको व्यवस्थापनलाई बढाउनको निम्ति, हामीले अंक योजना कार्यान्वयन गरेका छौ । निर्दिष्ट दुराचार गर्ने भाडादारहरुलाई जरिवाना स्वरुप अंकहरु दिइनेछ । कुनै पनि मान्य अंक प्राप्त गर्ने परिवारहरुलाई कुनै पनि प्रकारको स्वैच्छिक स्थानान्तरणको लागि रोक लगाइनेछ। जब दुई वर्ष भित्रमा 16 अंक जम्मा भयो भने, घरको करार अन्त हुनुमा भाडादार आफै उत्तरदायी हुनेछ ।
विवरणको लागि, कृपया तलको लिंकमा क्लिक गर्नुहोस् ।
एस्टेट व्यवस्थापन प्रवर्तनको लागि अंक योजना(PDF)
2. भाडा सहायता योजना
हाम्रो भाडा सहायता योजनाको उद्देश्य भनेको अल्पकालिन वित्तीय कठिनाइहरुको सामना गरिरहेका सार्वजनिक भाडा आवासका भाडादारहरुलाई सहयोग पुर्याउनु हो । परिवारहरुको आर्थिक अवस्था हेरेर योग्य परिवारलाई भाडामा 25% वा 50% छूट दिईनेछ ।
विवरणको लागि, कृपया तलको लिंकमा क्लिक गर्नुहोस् ।
भाडा सहयोग योजना (PDF)
3.परिवारको कुनै विवरणहरु परिवर्तन भएमा
सार्वजनिक भाडाको आवासमा बहाल सम्झौतापत्रमा उल्लेखित भाडादार र उनीको परिवारको सदस्यहरु मात्र बसोबास गर्नु पर्छ । विवरणमा कुनै पनि परिवर्तन भएमा भाडादारहरुले आवास विभागलाई तुरुन्तै जानकारी गराउनु पर्छ र विद्यमान नीतिनियम र प्रक्रिया अनुसार सम्बन्धित पारिवारिक विवरणको आवेदन दिनुपर्दछ ।
विवरणको लागि, कृपया तलको लिंकमा क्लिक गर्नुहोस् ।
थप गरिएको परिवारको सदस्य (PDF)
हटाएको परिवारको सदस्य (PDF)
4. आय र सम्पत्ति घोषणापत्र
10 वर्ष देखि सार्वजनिक भाडाको आवासमा बसिरहेका परिवारले प्रत्येक दुई वर्षमा “धनाढय भाडादारहरुका लागि नीतिहरू” अनुसार घोषणा-पत्र बुझाउनु जरुरी हुन्छ । नयाँ भाडादारको स्वीकृत निति अनुसार घरको नयाँ बहाल सम्झौतापत्र पाएका परिवारले र भाडादार व्यवस्थापनको निति अनुसार सार्वजनिक आवासको स्वीकृति पाएका परिवारले पनि, उनीहरुको बसाईको समय जति भए तापनि, सो पत्र बुझाउनु आवश्यक हुन्छ । अक्टोबर 2023 देखि, PRH भाडामा लिनेहरू र परिवारका सबै सदस्यहरूले PRH मा बसोबास गर्न थालेदेखि उनीहरुको बसोबास तथा हङकङमा घरेलु सम्पत्ति स्वामित्वबारे प्रत्येक दुई वर्षमा आवास प्राधिकरण (HA) लाई घोषणा गर्न आवश्यक छ ।
विवरणको लागि, कृपया तलको लिंकमा क्लिक गर्नुहोस् ।
धनाढय भाडादारहरुका लागि नीतिहरू (PDF)
सेन्टर फर हार्मोनी एण्ड एन्हेन्स्मेन्ट अफ एथ्निक माइनोरिटी रेसिडेन्टस् (CHEER) (CHEER’s URL: https://hkcscheer.net) द्वारा संचालित टेलिफोन दोभाषे सेवा (TELIS) को हटलाइनमा फोन गर्न सक्छन्, जहाँ नि:शुल्क टेलिफोन दोभाषे सेवा उपलब्ध गरिन्छ र दोभाषेलाई HAको 2712 2712 हटलाइनमा कन्फ्रेन्स कल गर्नको लागि अनुरोध गर्नसक्नु हुनेछ । CHEER को हटलाइन नम्बरहरू निम्नानुसार छन्:
| TELIS हटलाइन नम्बर | भाषा |
|---|---|
|
3755 6811
|
बाहासा इन्डोनेसिया
|
|
3755 6822
|
नेपाली
|
|
3755 6833
|
उर्दू
|
|
3755 6844
|
पंजाबी
|
|
3755 6855
|
तागालोग
|
|
3755 6866
|
थाई
|
|
3755 6877
|
हिन्दी
|
|
3755 6888
|
भियतनामी
|
