Hong Kong Housing Authority and Housing Department

Content in Other Languages
अन्य भाषाहरूमा विषय सूची

Content in Other Languages
अन्य भाषाहरूमा विषय सूची
Content in Other Languages

Information Available in Nepali
The Nepali version of the Hong Kong Housing Authority / Housing Department Website contains selected essential information only. You can access the full content of our website in English, Traditional Chinese or Simplified Chinese.

नेपालीमा उपलब्ध जानकारी
हङकङ आवास प्राधिकरण/आवास विभागको (हिन्दी/नेपाली/उर्दु/बाहासा इन्डोनेशिया/तागालोग/थाई) अनुवाद गरेको वेबसाइटमा केहि आवश्यक जानकारी मात्र समावेश गरिएको छ ।तपाईले सम्पूर्ण जानकारी हाम्रो वेबसाइटको अंग्रेजी,परम्परागत चिनिँया भाषा वा सरल चिनिँया भाषामा हेर्न सक्नुहुन्छ ।

सार्वजनिक भाडाको आवास (PRH) को आवेदकहरुका लागि जानकारी
PRH को लागि योग्य हुन, आवेदकले सामान्य योग्यताको मापदण्ड पूरा गर्नुपर्दछ । PRH को आवेदन सफलतापूर्ण दर्ता भएपछि, र उ/उनी विस्तृत परीक्षण पास गरेको प्रमाणित गरिएमा, योग्य आवेदकहरुलाई आवेदन दर्ता मिति वा G-नम्बरसँगै लेखिएको मिति (यदि कुनै भएमा) अनुसार वा कोटा र अंक प्रणाली अन्तर्गत उनीहरुले प्राप्त गरेको अंक अनुसार फ्लाट प्रस्तावित गरिन्छ ।

विवरणहरुको लागि, कृपया तलको लिंकमा क्लिक गर्नुहोस् ।
सार्वजनिक भाडाको आवासको लागि निवेदन (PDF)
पूर्ण PRH आवेदन फारमको नमूना (PDF)

सार्वजनिक आवासको भाडादारहरुको लागि जानकारी
1. एस्टेट व्यवस्थापन प्रवर्तनको लागि चिन्हित योजना
पर्यावरणीय स्वच्छता सुधार गर्न र सार्वजनिक आवास एस्टेटहरुको व्यवस्थापनलाई बढाउनको निम्ति, हामीले अंक योजनाको कार्यान्वयन गरेका छौ। निर्दिष्ट दुर्व्यवहार गर्ने भाडादारहरुलाई जरिवाना स्वरुप अंकहरु दिइनेछ। कुनै पनि मान्य अंक प्राप्त गर्ने परिवारहरुलाई कुनै पनि प्रकारको स्वैच्छिक स्थानान्तरणको लागि रोक लगाइनेछ। जब दुई वर्ष भित्रमा16 अंक जम्मा भयो भने,घरको करार अन्त हुनुमा भाडादार आफै उत्तरदायी हुनेछ ।

विवरणहरुको लागि, कृपया तलको लिंकमा क्लिक गर्नुहोस् ।
एस्टेट व्यवस्थापन प्रवर्तनको लागि चिन्हित योजना (PDF)

2. भाडा सहयोग योजना
हाम्रो भाडा सहयोग योजनाको उद्देश्य भनेको अस्थायी वित्तीय कठिनाइहरुको सामना गरिरहेका सार्वजनिक भाडा आवासमा बसेका भाडादारहरुलाई सहयोग पुराउन हो । परिवारहरुको आर्थिक अवस्था हेरेर योग्य परिवारलाई भाडामा 25% वा 50% छूट दिईनेछ ।

विवरणहरुको लागि, कृपया तलको लिंकमा क्लिक गर्नुहोस् ।
भाडा सहायता योजना (PDF)

3.घरपरिवारको कुनै विवरणहरु परिवर्तन भएमा
सार्वजनिक भाडाको आवासमा बहाल सम्झौतापत्रमा उल्लेखित भाडादार र उनीको परिवारको सदस्यहरु मात्र बसोबास गर्नु पर्छ । विवरणमा कुनै पनि परिवर्तन भएमा भाडादारहरुले आवास विभागलाई तुरुन्तै जानकारी गराउनु पर्छ र विद्यमान नीतिनियम र प्रक्रिया अनुसार सम्बन्धित पारिवारिक विवरणको आवेदन दिनुपर्दछ ।

विवरणहरुको लागि, कृपया तलको लिंकमा ।
थप गरिएको परिवारको सदस्य (PDF)
हटाएको परिवारको सदस्य (PDF)

4. आय र सम्पत्ति घोषणापत्र
10 वर्ष देखि सार्वजनिक भाडाको आवासमा बसिरहेका परिवारले प्रत्येक दुई वर्षमा “धनाढय भाडादारहरुका लागि नीतिहरू” अनुसार घोषणा-पत्र बुझाउनु जरुरी हुन्छ । नयाँ भाडादारको स्वीकृत निति अनुसार घरको नयाँ बहाल सम्झौतापत्र पाएका परिवारले र भाडादार व्यवस्थापनको निति अनुसार सार्वजनिक आवासको स्वीकृति पाएका परिवारले पनि, उनीहरुको बसाईको समय जति भए तापनि, सो पत्र बुझाउनु आवश्यक हुन्छ । अक्टोबर 2023 देखि, PRH भाडामा लिनेहरू र परिवारका सबै सदस्यहरूले PRH मा भर्ना भएदेखि हङकङमा घरेलु सम्पत्ति स्वामित्वको बारेमा प्रत्येक दुई वर्षमा आवास प्राधिकरण (HA) घोषणा गर्न आवश्यक छ ।

विवरणहरुको लागि, कृपया तलको लिंकमा क्लिक गर्नुहोस्
धनाढय भाडादारहरुका लागि नीतिहरू (PDF)

विविध जातिहरुका व्यक्तिहरु जसलाई HA मा सार्वजनिक आवास सेवा सम्बन्धी विषयमा सोधपुछ गर्न, उजुरी गर्न वा सहयोग लिन दोभाषेको सहयोग चाहिएमा, उनीहरुले:

सेन्टर फर हार्मोनी एण्ड एन्हेन्स्मेन्ट अफ एथ्निक माइनोरिटी रेसिडेन्टस् (CHEER)(CHEER’s URL: https://hkcscheer.net/hk/) रा संचालित टेलिफोन दोभाषे सेवाको(TELIS) हटलाइनमा फोन गर्न सक्छन्, जहाँ नि:शुल्क टेलिफोन दोभाषे सेवा उपलब्ध गरिन्छ र दोभाषेलाई HAको 2712 2712 हटलाइनमा कन्फ्रेन्स कल गर्नको लागि अनुरोध गर्नसक्नु हुनेछ । CHEER को हटलाईन नम्बरहरू यस प्रकार छन्:

TELIS हटलाइन नम्बर भाषा
3755 6811
बाहासा इन्डोनेसिया
3755 6822
नेपाली
3755 6833
उर्दू
3755 6844
पंजाबी
3755 6855
तागालोग
3755 6866
थाई
3755 6877
हिन्दी
3755 6888
भियतनामी

 

Top